Logo

सुशान्तको मानसिक हालत बहिनीले दिएको औषधिले बिग्रेको प्रहरीको दाबी



एजेन्सी, १९ कात्तिक । सुशान्त सिंह राजपुतको विषयमा मुम्बई प्रहरीले बम्बैको उच्च अदालतमा एक सनसनी पुर्ण दाबी गरेको छ । मुम्बई प्रहरीले सुशान्तको मानसिक स्वास्थ्य उनकै बहिनीहरुले दिएको औषधिको कारण बिग्रेको सम्भावना धेरै भएको बताएको छ ।

सुशान्तको बहिनीविरुद्ध रिया चक्रवर्तीले एफआइआरमा दायर गरेको मुद्दाको सुनुवाईको क्रममा प्रहरीले यस्तो रिपोर्ट दिएको हो । सुशान्तको बहिनी प्रिंयका सिङ र मीतु सिंहले रिया चक्रवर्तीद्धारा आफुहरुमाथि हालिएको मुद्दा खारेज गर्न माग गर्दै बम्बै स्थित उच्च अदालतमा निवेदन दिएका थिए ।

सुशान्तका बहिनीहरुमाथि रियाले एफआइआरमा जालसाजी गरेको र सुशान्तलाई डाक्टरकोे सल्लाह बिना औषधि दिएको आरोप लगाएकी थिइन् । मुद्दा बान्द्रास्थित प्रहरी कार्यालयमा दर्ता गरिएको थियो ।

रिपोर्टमा सुशान्तको बहिनीको विरुद्ध एफआइृआर दर्ता गरेर सीबीआई प्रहरीले गरेको अनुसन्धानलाई कुनै पनि हिसाबले प्रभाव पार्न चाहँदैन पनि भनिएको छ । उनीहरुले दिएको प्रहरी रिपोर्ट रिया चक्रवर्तीले दिएको प्राथमिक जानकारीमा आधारित थियो ।

मुम्बई प्रहरीको रिपोर्टमा यो पनि भनिएको छ, प्रियंका सिंह र मितु सिंहले दिल्लीका एक डाक्टरको सहयोगमा सुशान्तलाई नक्कली प्रेस्क्रिप्सन पठाएका थिए, जसमा चिन्ताको लागि औषधि प्रस्ताव गरिएको थियो । यसैकारण सुशान्तले डाक्टरको जाँच बिना साइकोट्रोपिक पदार्थ लिएका थिए जसको कारण सुशान्तलाई आत्महत्या निम्ताएको हुनसक्छ ।

हाल सीबीआईले सुशान्तको आत्महत्या प्रकरणबारे अनुसन्धान गरिरहेको छ । मुम्बई प्रहरीले सीबीआईले गरेको अनुसन्धानको तरीकालाई लिएर विरोध गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्