Logo

यो अवस्थामा मात्र ट्रम्प चुनाव जित्नेछन्



अमेरिकामा टेक्सास रिपब्लिकनहरुको बलियो पकड भएको राज्य हो । यसपटक चुनावमा रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासमा अपेक्षाकृत विजयी हासिल गरे । तर, कतिपय राज्यहरुमा उनलाई मुश्किल थियो ।

२९ इलक्ट्रोरल मत भएको फ्लोरिडामा हारेको भए ट्रम्पले ह्वाइट हाउस छाड्ने अवस्था बलियो हुन्थ्यो । तर, उनले फ्लोरिडामा निकै प्रतिष्पर्धाका साथ चुनाव जिते । त्यहाँको जितलगत्तै उनले आफू राष्ट्रपति निर्वाचित भएको दाबी गरे ।

अमेरिकामा राष्ट्रपति जित्न २ सय ७० इलेक्ट्रोरल मत आवश्यक पर्छ । अहिलेसम्म डेमोक्रयाट उम्मेदवार जोय बिडेनको २ सय ३८ र ट्रम्पको २ सय १३ छ । बिडेनलाई अब चुनाव जित्ने ३२ इलेक्ट्रोर मत आवश्य पर्छ । ट्रम्पलाई ५७ इलेक्ट्रोर मत आवश्यक छ ।

बढी इलेक्ट्रोरल मत रहेका महत्वपूर्ण राज्यहरुको मतगणना अन्तिम चरणमा पुगेको छ । तर, खामबाट पठाइएका मतहरुले टुंगो लाग्ने अवस्था बनेको छ । अधिकांश राज्यहरुमा ट्रम्प अगाडि छन् ।

फक्स न्युजका अनुसार जर्जियामा ट्रम्प एक लाख मतले अगाडि छन् । मिचिगनमा दुई लाख, नर्थ क्यारोलिनामा एक लाख ८ हजार, पेनसिल्भानियामा झण्डै सात लाख मतले अगाडि छन् । विस्कनसिनमा ट्रम्प बिडेनभन्दा मात्र आठ हजार मतले पछि परेका छन् । यी राज्यहरुमा १० भन्दा बढी इलेक्ट्रोर मत भार रहेको छ । त्यसले ट्रम्पलाई कम्तिमा चार राज्यमा जित हासिल गर्नुपर्ने आवश्यकता छ । त्यसमाथि पनि पेनसिल्भानियामा जीत अनिवार्य पर्छ ।

मतगणनाको अवस्था अनुसार ट्रम्पले निकै प्रतिष्पर्धाको अवस्थामा जीत हासिल गर्ने संकेतहरु देखिदैछ । तर, बिडेनले नाटकीय तरिकाले मत ल्याएमा ट्रम्प हार्नेछन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्