Logo

‘होम–आइशोलेसनमा बसेका संक्रमितलाई सम्बन्धित अस्पतालले टेलि-काउन्सेलिङ गर्नुपर्ने’



काठमाडौं, १९ कात्तिक । होम आइशोलेसनमा बसेका कोरोना संक्रमितलाई सम्बन्धित अस्पतालले टेलिकाउन्सेलिङ गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले गरेको निर्णय सुनाउँदै बुधबार प्रेस विफ्रिङमा प्रा.डा.जागेश्वर गौतमले सम्बन्धित अस्पताल र मेडिकलहरुले होम आइशोलेसनमा बसेका संक्रमितलाई काउन्सेलिङ गर्न निर्देशन दिएका हुन् ।

डा. गौतमले भने, ‘सबै कोभिड प्रयोगशाला सञ्चालन गर्ने अस्पताल र मेडिकलहरुले रिपोर्ट पोजेटिभ भएका संक्रमितहरुको होम आइशोलेसनमा टेलि कम्युनिकेसन, टेलि कसल्टेसन र टेलिकाउन्सेलिङ गर्नुपर्नेछ ।’ उनले अस्पताल बाहेकका प्रयोगशालाहरुले कुनै सरकारी वा निजी तबरबाट सञ्चालित अस्पतालसँग समन्वय गरि टेलि कसल्टेसन र टेलि–काउन्सेलिङ गर्नुपर्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

यसैगरी, डा.गौतमले नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको अस्थायी कोभिड अस्पताल संचालन स्विकृति प्रदान गरिएको बताए । उनले भने,‘नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको अस्थायी कोभिड अस्पताल संचालन स्विकृति प्रदान गरिएको छ ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्