Logo

अमेरिकी चुनावमा पासा पल्टिदै, ट्रम्पमाथि बिडेन जीतको नजिक



अमेरिकाको राष्ट्रपति चुनावको अन्तिम परिणामको टुंगो अदालतले गर्ने अवस्था बनेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान खामबन्दीको मतदानबारे प्रश्न उठाउँदै अदालत पुगेपछि अन्यौल बढेको हो ।

जितको नजिक पुगिसकेका ट्रम्पलाई खामबन्दीको मतपत्रले कतिपय राज्यहरुमा पछि पारेको हो । यस्तो मतपत्रप्रति ट्रम्पले प्रश्न उठाएका छन् ।

चुनावी परिणाम अनुसार जोय बिडेन जितको नजिक छन् । अमेरिकामा राष्ट्रपति जित्न २ सय ७० इलेक्ट्रोरल मत आवश्यक पर्छ । अहिलेसम्म डेमोक्रयाट उम्मेदवार जोय बिडेनको अघि छन् र ट्रम्प पछि परेका छन् । बिडेनलाई अब चुनाव जित्ने एउटा राज्यमा जिते पुग्छ । ट्रम्पलाई भने अब बाँकी राज्यहरुमा जित्नुपर्ने हुन्छ ।

बढी इलेक्ट्रोरल मत रहेका महत्वपूर्ण राज्यहरुको मतगणना अन्तिम चरणमा पुगेको छ । तर, खामबाट पठाइएका मतहरुले टुंगो लाग्ने अवस्था बनेको छ ।

फक्स न्युजका अनुसार जर्जिया नर्थ क्यारोलिनाम र पेनसिल्भानियामा ट्रम्प अगाडि छन् । तर, मचिकन र विस्कनसिनमा ट्रम्प पराजित भएका छन् । अब नेभेडामा ट्रम्प हारेमा पासा पल्टनेछ र बिडेनले नाटकीय जीत हासिल गर्नेछन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्