काठमाडौं, २० कार्तिक । काठमाडौं महानगरपालिका वडा नम्बर २८ शहिद शुक्रमार्गबाट विप्लव समूहका जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य तथा खोटाङ काठमाडौं सम्पर्क अध्यक्ष खेम प्रधान र सक्रिय सदस्य टिकाराम चौधरीलाई सशस्त्रको विशेष ईन्टिेलिजेन्सले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ । उनीहरु दुईजनालाई सरकारविरुद्ध विरोध जुलुस र भारतीय सेनाअध्यक्षको नेपाल भ्रमण विरोधमा ‘अपिल’ पर्चा र व्यानर, र तीन थान मोवाईल चन्दा असुलीको कागजातसहित निज व्यक्तिहरुलाई आज ११ बजे पक्राउ गरिएको जनाईएको छ ।