Logo

छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ



काठमाडौं, २० कात्तिक । जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटेलमा जुवा खेलिरहेका ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–११ बस्ने दिपक श्रेष्ठ, दिपक बिक, शंकर शर्मा, कमल थापा, ब्यास नगरपालिका–१० का मोती कुमार श्रेष्ठ, बाग्लुङ ढोरपाटन नगरपालिका–४ का टेक छन्त्याल र पर्वत बालकोटका रबी गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले नगद १ लाख ९७ हजार ९ सय ५० रुपैयाँ र एक बुक तास सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–७ स्थित कुस्माखर देवकोटाको घरमा जुवातास खेलिरहेका १६ जना बुधबार राति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–४ का मनि प्रकाश कुमार जैसी, गणेश प्रसाद न्यौपाने, चन्द्र प्रसाद न्यौपाने, रमेश विष्ट, कमल प्रसाद जैसी, दयाराम न्यौपाने, भानु प्रसाद जैसी, ईश्वर शर्मा, नरदेव चौलागाईं, सोही नगरपालिका–७ का देवेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाईं, राम बहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, कुष्माखर देवकोटा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ५२ हजार ३ सय ९५ रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot