Logo

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ



कैलाली, २० कात्तिक । जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भजनी नगरपालिका–५ का दिर्घ बहादुर कामी मंगलबार पक्राउ परेका हुन् ।

जबरजस्ती करणी मुद्दामा कैलाली जिल्ला अदालतको २०७४ मंसिर २४ गतेको फैसलाले ११ वर्ष कैद सजाय भई फरार दिर्घ बहादुरलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सोही ठाउँमा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot