Logo

आफ्नै सहकर्मीको हत्या गर्ने श्रेष्ठ २३ वर्षपछि पक्राउ



ललितपुर, २० कात्तिक । आफ्नै सहकर्मीको हत्या गरेर फरार भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन् । सहकर्मीको हत्या गरी फरार अभियुक्त रामेछाप खाडदेवी गाउँपालिका–५ घर भई ललितपुर बस्दै आएका ध्रुव भन्ने ४७ वर्षीय मानकाजी श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

२०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर भएका सहकर्मी १८ वर्षीय श्याम खड्काको हत्यामा संलग्न रही फरार रहेका श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालत बबरमहलबाट २०७४ कात्तिक २८ गते वारेण्ट जारी भएको थियो ।

फरार रहेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–५ थसीखेलबाट पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot