Logo

धर्मकर्ममा सक्रिय हुँदै नीता



काठमाडौं,२० कात्तिक । बाल्यवस्थामा नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगानाले अभिनय गरेका फिल्मले सफलता नपाएपनि उनी भने सफल छिन् । नीताद्धारा अभिनित चलचित्रले व्यवसायिकता खासै पाउन सकेका छैनन् ।

पछिल्लो समयमा धार्मिक हुँदै गएकी नीताले आफ्नै स्वरमा लकडाउनमा गणेश भजन समेत रेकर्ड गराएकी छिन् । अब भने नीताले आफ्नै ठुलो लागतमा बेव सिरिज ‘श्रीमदगवत गीता’ निर्माण गर्ने सुरमा छिन् । यसबाट पनि उनको धर्मकर्मप्रति रुची धेरै भएको बुझ्न सकिन्छ ।

यतिबेला नीता देशका विभिन्न मठमन्दिरमा दर्शनको लागि पुगेकी छिन् । जनकपुरको जानकी मन्दिर र हेटौडाको भुटनदेवी मन्दिरमा पुजाआजा गरेको तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् ।  उनको धर्मकर्ममा रुची बढ्नुको कारण युवा ज्योतिष हरिहर अधिकारी भएको हुन सक्ने धेरैले अनुमान लगाएका छन् । अभिनेत्री नीता र अभिनेता तथा युवा ज्योतिष अधिकारी केही समयदेखि प्रेममा रहेको हल्ला चलेको छ । दुवैजनाले प्रेम अस्विकार गरेपनि उनीहरुबीचमा भएको प्रेमको बाहिर निकै चर्चा चलेको छ ।

नीताले धर्मकर्ममा लाग्दा मन शान्त हुने, मन खुशी हुने र मन एकाग्र पनि हुने बताउँदै आएकी छिन् ।-Facebook Page of Neeta Dhungana



प्रतिक्रिया दिनुहोस्