काठमाडौं २० कार्तिक। राष्ट्रपति विद्या देवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छिन् । आज बिहीबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले भारतीय सेनाध्यक्ष नरणवेणलाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्।
गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पदवी प्रदान गरेका थिए। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारी सहभागी थिए।
Photo Source: Twitter Page of India In Nepal