काठमाडौं, २० कात्तिक । बैदेशिक रोजगारका कर्मचारी धन बहादुर तामाङसहित एक जनालाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काठमाडौं ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयमा कार्यरत सवारी चालक तामाङ्ग र लेखापढी व्यवसायी रामानन्द चौधरीले श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीले काम छिटो गरीदिने भनी सेवाग्राहीबाट ८ हजार घुस लिई तामाङलाई दिएको अवस्थामा रकमसहित दुवैजनालाई कार्यालय परिसरबाट नै नियन्त्रणमा लिएको थियो
।
उनीहरु दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।