Logo

सगरमाथा दर्शनगर्न राष्ट्रपति चढ्ने हेलिकप्टरमा सोलु पुगे भारतीय स्थल सेनाध्यक्ष



काठमाडौं, २१ कार्तिक । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले हिमाल हेर्न सोलुखम्बु पुगेका छन् । तीनदिने नेपाल भ्रमणको आज अन्तिम दिन उनी सगरमाथाको दृश्यावलोकन गर्न सोलु पुगेका हुन् ।

सेनाध्यक्ष मनोजले यसअधि नेपाल आएकै दिन वसन्तपुर दरबार स्क्वायर र पशुपतिनाथको दर्शन गरेका थिए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको आएका उनी सेनाले भीभीआईपीका लागि खरिद गरेको हेलिकप्टर अगुष्टामार्फत सोलु पुगेका हुन् । उक्त हेलिकप्टर राष्ट्रपतिको सवारीकालागि प्रयोग हुँदै आएको थियो ।

विश्वका सबै भन्दा अग्लो स्थानमा रहेको होटेल एभरेष्ट भ्यूमा ब्रेकफास्ट लिनेगरि जनरलसहितको टोली सोलु पुगेको हो । नरवणेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेट गरेर स्वदेश फर्किंने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्