Logo

अभिषेक बच्चनले नेपोटिजमबारे मुख खोले



एजेन्सी, २१ कात्तिक । सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिजमको विषय उठिरहेको छ । यसक्रममा केही मानिसहरुले ठुला स्टारकिड्सलाई निशाना बनाएका थिए । यस विषयमा केही स्टारकिड्सहरुले मुख खोलेपनि अभिषेक बच्चन बोलेका थिएनन् । तर, आज उनले पनि मुख खोलेका छन् । अभिषेकले आफ्नो भविष्य दर्शकमा निर्भर रहेको बताएका छन् ।

नेपोटिजमको प्रसंगमा उनले पिता अमिताभ बच्चनले उनका लागि कहिल्यै कसैसँग कुरा नगरेको बताए । उनका अनुसार पिता अमिताभले अभिषेकको लागि फिल्म बनाएनन् । तर, अभिषेकले भने पिता अमिताभको लागि ‘पा’ नामको एक फिल्म निर्माण गरेका थिए ।

अभिषेकले भने, ‘मानिसहरुले फिल्म क्षेत्र व्यवसाय हो भनेर बुझ्नु आवश्यक छ । पहिलो फिल्ममा नै केहि नदेखेमा फिल्म चल्दैन वा अर्को काम मिल्दैन । यो जीवनको तितो सत्य हो ।’

ड्रिम रोलबारेमा शाहरुख खानले धेरै अगाडी दिएको सल्लाह सम्झदै अभिषेकले भने, ‘फेवरेट रोल त्यो हुनुपर्छ, जुन प्रोजेक्ट समयमा नै पुरा गर्छौ, किनकी यति गर्न सकिदैन भने किन जिम्मा लिने ।’

अभिषेक बच्चनले सन् २००० मा फिल्म ‘रिफ्युजी’बाट बलिउडमा प्रवेश गरेका थिए । उनले उद्योगमा काम गरेको २० वर्ष पुरा भएको छ । अब उनी चाडैनै अनुराग बसुको फिल्म ‘लुडो’ मा देखिदैछन् । यस फिल्ममा उनले एक अपराधीको भुमिका निभाउने छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot