Logo

प्रधानमन्त्री ओलीले स्थायी कमिटीका निर्णय अक्षरंश पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने दाहाल-नेपालको शर्त



काठमाडौं, २१ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल हुने दिशातर्फ भन्दापनि झन विवादको भूमरीतर्फ अग्रसर देखिएको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको हिजो भेटवार्ता सहमतिभन्दा पनि भनाभनको अवस्थामा पुगेपछि विवाद झनै चर्किएको हो । दाहालले आज अपरान्ह सचिवालय बैठक डाकेका छन् ।

उक्त बैठकमा ओली पक्षधर कोही पनि सहभागी नहुने जनाईएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा अहिले दिउँसो ३ बजे बस्ने बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी नहुने बुझिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले बोलाएको बैठकलाई एउटा पक्षको भेलाको संज्ञा दिएका छन् । र, उक्त भेलामा ओली पक्षधर कोही पनि सदस्यको सहभागिता नरहने थापाले स्पष्ट पारेका छन् ।

यता, दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले भने अब ओलीसँग वारपारको लडाईँ लड्ने तयारी गरेको छ । र, त्यसकै लागि आज दाहालले सचिवालय बैठक बोलाएको दाहाल–नेपालनिकट नेताहरुले दाबी गरेका छन् । अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालको समूहमा बहुमत सदस्य सचिवालय सदस्यहरु छन् । पछिल्लो समय वामदेव गौतम पनि प्रधानमन्त्री ओलीको कार्यशैलीलाई असन्तुष्ट बनेको स्रोतको दाबी छ ।

उनले पार्टी कमिटी बैठक राख्नुपर्ने र बैठकले गर्ने निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै आएका छन् । दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री तथा पार्टी अधयक्ष ओलीले स्थायी कमिटी बैठकले यसअघि गरेका सबै निर्णय अक्षरंश पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने खुमलटारको निश्कर्ष सुनाए । उनले भने,‘प्रधानमन्त्रीले पार्टी कमिटीका निर्णय मान्नुपर्छ । यदि उहाँले अक्षरंश ती निर्णयहरु पालना गर्नुभयो राम्रो हुन्छ ।’ File Photo



प्रतिक्रिया दिनुहोस्