Logo

पूर्वमा खुल्यो पुष्प–धीरेन्द्र प्रतिष्ठान



काठमाडौं, २१ कार्तिक । झापाको दमक–१ मा यसै वर्षदेखि पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले बहुप्राविधिक विषय पठनपाठन सुरु गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)बाट मान्यता प्राप्त सो शिक्षालयमा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङका लागि तीनवर्षे पाठ्यक्रमअनुसार भर्ना खुलाइएको प्रतिष्ठानले जनाएको छ ।

सीटीईभीटी र पुष्प–धीरेन्द्र प्रतिष्ठानको साझेदारीमा सञ्चालित सो कार्यक्रममा सरकारले तोकेका विभिन्न आरक्षण कोटाको समेत व्यवस्था गरिएको छ । जनयुद्धकालमा बेपत्ता पारिएका दमकका सहोदर दाजुभाइ पुष्प बस्नेत र धीरेन्द्र बस्नेतको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले यसअघि विभिन्न सामाजिक कार्यक्रम गर्दै आएकोमा यस वर्षदेखि प्राविधिक शिक्षालयसमेत सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्राविधिक विषयको अध्ययनका लागि विराटनगर वा अन्यत्र जानुपर्ने बाध्यता हटाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँगको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको धीरेन्द्र तथा पुष्पका पिता भीमबहादुर बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्