Logo

श्रोत नखुलेको ४० लाख नगदसहित पक्राउ



काठमाडौं, २१ कात्तिक । श्रोत नखुलेको नगद ४० लाखसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ । चन्द्रागिरी नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासीका व्यास गुप्ता शुक्रबार बिहान पक्राउ परेका हुन् ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्