Logo

सिंहदरबारमा विष्णु पौडेल र बादलबीच छलफल



काठमाडौं, २१ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको बैठकमा बहुमत सदस्यहरुको सहभागिता रहेको छ । तर, उक्त छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर कोही पनि सदस्यको उपस्थिति छैन् । अध्यक्ष दाहालनिकट मानिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी छैनन् ।

तर, भित्री रुपमा बादलको साथ दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई नै रहेको नेकपानिकट स्रोतको दाबी छ । हिजोमात्रै बादलले अध्यक्ष दाहालसँग लामो भेटवार्ता गरेका छन् । धुम्बाराहीमा प्रचण्डले बोलाएको सचिवालय बैठक सुरु भएलगत्तै यता, सिंहदरबारमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाबीच छलफल सुरु भएको छ । गृहमन्त्रालयमा बादललाई भेट्न महासचिव पौडेल पुगेका छन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्