Logo

नेकपा विवादः ओलीबिनै ‘बैठक’



काठमाडौं, कार्तिक २२ । सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउनेरनबोलाउने जुहारी छ। कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन्। बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे।

प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस्। म अहिले बैठक बोलाउँदिनँ। बैठकको आवश्यकता नै छैन। तपाईंले आफ्नो गर्नुस्, म आफ्नो गर्छु। दाहालले प्रस्ताव राखे, ‘सचिवालयका सदस्यहरूलाई पार्टी कार्यालय धुम्बाराही बोलाएर यहाँ भएका छलफल जस्ताको तस्तै ब्रिफिङ गर्छु। उहाँहरूको सुझावसमेत बोकेर फेरि म भेट्न आउँछु।’ प्रत्युत्तरमा ओलीले भने, ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ।’

रन्थनिएर बालुवाटारबाट बाहिरिएका दाहालले बिहीबार साझै नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुनलगायत नेतालाई यसबारे ब्रिफिङ गरे। वरिष्ठ नेता माधव नेपालसँग छुट्टै बसेर दाहालले सल्लाह गरे, ‘अब के गर्ने रु’ शुक्रबार बिहान वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसँग पनि परामर्श गरे। फेरि नेपाललाई पनि बोलाए। सबैको सुझावमुताविक सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निचोड निस्कियो।

धुम्बाराहीमा पार्टी बैठक बोलाउने भन्दै बिहीबार बालुवाटारबाट निस्केका दाहालले सचिवालय बैठक बोलाउनै लागेको सूचना शुक्रबार बिहान बालुवाटार पुग्यो। परिस्थिति बुझ्न संसदीय दलका उपनेता सुवास नेम्बाङ खुमलटार गए। नेम्बाङसँग दाहालले सचिवालयका सदस्यहरूसँग अनौपचारिक छलफल गर्ने, त्यहाँबाट आउने सुझावका आधारमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कुराकानी भएको सुनाए। नेम्बाङले दुई अध्यक्ष अझै छलफलमा बसेर समझदारी खोज्न आग्रह गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot