Logo

ओलीले जे/जे भनेपनि मान्ने हो भने एकता हुन्छ, होईन भने एकताको सम्भावना धेरै टाढा पुग्यो : न्यौपाने (भिडिओसहित)



काठमाडौं, २२ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जे जे भनेपनि त्यो अरुले मान्दै जाने हो भने एकताको सम्भावना रहने होईन भने एकताको सम्भावना अब धेरै टाढा पुगेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी एकताको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भूमिका सकारात्मक भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्