Logo

प्रधानमन्त्रीलाई सोधेर प्रचण्डले बैठक राख्नुभएको हो, पार्टी फुट्दैन : दिनानाथ शर्मा



काठमाडौं, २२ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले भने,‘पार्टीभित्र समस्या हुन्छ, त्यसमा छलफल हुन्छ । छलफलबाट समाधान हुन्छ । पार्टीभित्रकै समस्या समाधानको लागि हिजो सचिवालयको अनौपचारिक बैठक बसेको हो । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नै अर्का अध्यक्ष दाहालले सचिवालयको अनौपचारिक बैठक राख्नुभएको हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot