Logo

ट्रम्पलाई हराउँदै वाइडेन बने अमेरिकाको राष्ट्रपति



कात्तिक २२, एजेन्सी । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेनलेे जितेेेेेेका छन् ।  अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए ।  उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।



प्रतिक्रिया दिनुहोस्