Logo

को हुन् जो बाइडेन? जान्नुहोस् उनको राजनीतिक करियर र संघर्षको कहानी



एजेन्सी, २३ कार्तिक : अमेरिकामा राष्ट्रपति पदका लागि जो बाइडेन विजयी भएका छन्। जो बाइडेनलाई ह्वाइट हाउसमा पुग्नका लागि आश्यक २७० इलेक्टोरल भोट आवश्यक रहेकोमा उक्त लक्ष्य हासिल गर्दै उनी राष्ट्रपति पदका लागि चुनिएका हुन्।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन्। अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ।

उनले आफ्ना विपक्षी उम्मेद्वार डोनाल्ड ट्रम्पलाई हराउँदै राष्ट्रपति पदका लागि विजयी भएका हुन्।

निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए। पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन्। यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ।

डेमोक्रेटिक पार्टीका जो बाइडेनको राजनीतिक करियर अधिक लामो रह्यो। राष्ट्रपति पदमा चुनिएर सपथ लिएसँगै उनी ७८ वर्षको उमेरमा अमेरिकाको सबैभन्दा पाकाे राष्ट्रपति हुनेछन्।

पूर्व डेलावेयर सीनेटर जो बाइडनलाई सन् २००८ मा राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ४७ औँ अमेरिकी उपराष्ट्रपति पदका लागि चुनिएको थियो र २०१२ पनि फेरि उनलाई निर्वाचित गरियो। त्यसपछि उनी २०२० को राष्ट्रपति पदका लागि उम्मेद्वार बनेर विजय हासिल गरेका हुन्।

को हुन् जो बाइडेन?

जो बाइडेन अर्थात् जोसेफ रोबिनेट बाइडेन जुनियरको जन्म सन् १९४२ मा पेन्सिल्भेनिया राज्यको स्क्रेटनमा भएको हो। उनी आफ्नो बालापनमा नै डेलावेयर गएका थिए। उनले राजनीतिमा आउनुभन्दा पहिले केही समय वकिलका रुपमा काम गरे। उनी इतिहासमा पाचौँ सबैभन्दा कम उमेरका अमेरिकी सीनेटर र डेलावेयरका सीनेटरका रुपमा सबैभन्दा लामो समयसम्म कार्यरत रहे।

राष्ट्रपति चुनावको मैदानमा पहिले पनि उत्रिसके बाइडेन

डेलावेयरबाट ६ पटकसम्म सीनेटर भइसकेका बाइडेन राष्ट्रपति चुनावको रेसमा तेस्रो पटक मैदानमा आएका हुन्। उनले पहिलो पटक १९८८ को चुनावमा प्रयास गरेका थिए। तब उनी साहित्यिक चोरीको आरोपमा पछि हट्नु परेको थियो। फेरि उनले आफ्नो दोस्रो प्रयास २००८ को चुनावका लागि गरेका थिए।

बाइडेनलाई अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको नजिकी मानिन्छ। उनी ओबामाको कार्यकालमा २००८ देखि २०१६ सम्म दुईपटक उपराष्ट्रपति भइसकेका छन्। २०२० को राष्ट्रपति चुनावमा बाइडेनको जीतका लागि ओबामा पनि अधिक प्रयासरत देखिएका थिए।

पारिवारिक मुस्किलका साथ लडेर यस स्थानमा पुगे बाइडेन

१९७२ मा बाइडेन सीनेटका लागि चुनिएका सबैभन्दा कम उमेरका मानिसमध्ये एक थिए। त्यसको केही हप्तापछि बाइडेनको परिवारमा एउटा ठूलो आपत्ति आइपर्याे, जब कार दुर्घटनामा उनकी पत्नी नीलिया र छोरी नाओमीको मृत्यु भयो, जबकि उनका छोरा हन्टर र ब्यू गम्भीर रुपमा घाइते हुन पुगे।

सन् २०१५ मा बाइडेनका जेठा छोरा ब्यूको ब्रेन क्यान्सरका कारण मृत्यु भयो। उनका साना छोरा हन्टर एक वकिल र लबिस्टका रुपमा उनको करियर भ्रष्टाचारको आरोपको निशाना बनिरहेको छ।

बाइडेनको प्राथमिकता के हो?

बाइडेनका तीनवटा मुख्य प्राथमिकता रहेका छन्, जसमा स्वास्थ्य सुरक्षासँग सम्बन्धित ढाँचाको विस्तार गर्नु, शिक्षामा अधिक लगानी गर्नु र सहयोगी देशका साथको सम्बन्धलाई नयाँ दिशा दिनु शामिल रहेका छन्।

विवादसँग जोडिएको सम्बन्ध

बाइडेनमाथि ब्रिटिश लेशर पार्टीका नील किन्नकको भाषणको साहित्यिक चोरीको आरोप लागेको थियो। यसका अलावा बाइडेनले स्वीकार गरेका थिए कि, उनले ल अफ स्कुलमा आफ्नो पहिलो वर्षका क्रममा कानुनी समीक्षाको लेख चोरी गरेका थिए।

यौन उत्पीडनको आरोप पनि लागेको थियो

बाइडेनको सीनेट अफिसमा काम गर्ने एक महिलाले वाशिंगटन डीसीको प्रहरी समक्ष एक अपराधिक उजुरी दर्ता गराएकी थिईन्। ती महिलाले सन् १९९३ मा बाइडेनले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिईन्।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्