Logo

चौरमा विवाद हुँदा खुकुरी प्रहार गरी एकको हत्या



मकवानपुर, २३ कात्तिक । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बकैया गाउँपालिका–४ नयाँदमारका विकास वाईवाको कात्तिक २१ गते दिउँसो हत्या गरेको अभियोगमा शंकर भन्ने भीमराज भोलनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ सिमाद खोलाको बगरस्थित फुटबल चौरमा बसेर चुरोट खाइरहेका विकाससँग विवाद हुँदा भिमराजले साथमा बोकेको खुकुरी प्रहार गरी विकासको हत्या गरेका थिए । घटना पश्चात् फरार भीमराजलाई व्यापक रुपमा खोजी गर्ने क्रममा ललितपुर बागमती गाउँपालिका–२ माल्टाका स्थानीयले शंका लागी नियन्त्रणमा लिई खबर गरे पश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

भिमराजमाथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्