Logo

गोठमा बन्दुक लुकाएपछि…



काठमाडौं, २३ कात्तिक । भरुवा बन्दुक सहित ५८ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको रामपुर नगरपालिका–२ भलायटारका हाकिम बहादुर थापा १ थान भरुवा बन्दुक सहित शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।

उनले आफ्नो घर गोठमा भरुवा बन्दुक लुकाई राखेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी केलादी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।

त्यस्तै, स्याङ्जा बिरुवा गाउँपालिका–२ बेसारडाँडाका २३ वर्षीय भिम बहादुर गुरुङलाई १ थान भरुवा बन्दुक, २ थान पुरानो भाँचिएको बन्दुकको नाल, बन्दुकमा प्रयोग हुने छर्रा र बारुद सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक लुकाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी बिरुवाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्