Logo

शाहरुख खानको फिल्म ‘पठान’मा दीपिकाले यति धेरै रकम लिदै



एजेन्सी, २३ कात्तिक । यशराज फिल्मको ब्यानरमा बन्न लागेको नयाँ फिल्म ‘पठान’ हाल चर्चामा छ । फिल्ममा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भुमिकामा देखिनेछन् । सिद्धार्थ आनन्दले निर्देशन गर्नेे यस फिल्मलाई एक खतरनाक एक्शन थ्रिलर फिल्मको रुपमा दर्शकहरु समक्ष लैजाने तयारी भईरहेको छ ।

धेरै बजेटमा निर्माण हुँदै लागेको यो फिल्ममा लिड रोल गर्ने नायिका दीपिकाले १४ देखि १५ करोड रुपैयाँ फि लिने खबर बाहिर आएको छ । यो फिल्मको सुर्टिङ अर्को वर्ष सुरु हुनेछ । यस फिल्ममा पहिला जोन अब्राहनलाई दिइने फि को विषयमा कुरा बाहिर आएको थियो । जोनले खलनायकको दमदार भुमिका निभाउने यस फिल्म ‘पठान’ मा उनले २० करोड रुपैयाँ फि लिनेछन् । जसको लागि जोनले २ महिना समय दिनु पर्नेछ ।

एक समाचारको अनुसार ‘पठान’ फिल्मको तयारी गर्नको लागि करीब २ करोड रुपैयाँ बजेट छुट्टाइएको छ । यो बजेट शाहरुख खानको फि बाहेक हो । यो फिल्म हालसम्म बलिउडकै सबैभन्दा महंगो एक्शन फिल्म हुने सम्भावना रहेको छ । यस फिल्ममा आदित्यले दीपिका र जोनले डबल फि माग्दा पनि केही सोचेका छैनन् । निर्मांणपक्षले सबैभन्दा महत्वकांक्षी फिल्म बनाउने योजना बनाइरहेको छ । यो २०१८ पछिको शाहरुख खानको कमब्याक फिल्म हुनेछ । फिल्मको सुर्टिङ यहि महिनाको सुरुवातमा हुने र रिलिज २०२१ को तिहारको अवसरमा हुने निर्माणपक्षले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्