Logo

नेहा कक्कडको नयाँ जोडी दुवैमा हनीमुन मनाउँदै



एजेन्सी, २३ कात्तिक । बलिउडकी चर्चित गायिका नेहा कक्कड र रोहनप्रीत विवाह बन्धनमा भर्खर मात्र बाधिएका छन् । दुई हप्ता पहिला विवाह बन्धनमा बाधिएको यो जोडी हनीमुनको लागि विदेश तिर जान लागेका छन् । नेहा र रोहनप्रीत एयरपोर्टमा भएको तस्वीर बाहिर आएको छ । तस्वीरलाई देखेर नै धेरै मानिसहरुले हनीमुन मनाउन जान लागेको आशंका गरिहेका छन् । दुवै जनाले इस्टाग्राममा एयरपोर्टको तस्वीर सेयर गरेका थिए ।

रोहनप्रीत सिंहले इस्टाग्राममा नेहाको मुम्बईृ एयरपोर्टमा लिएको एक भिडियो सेयर गर्दै स्टे सेफ लेखेका छन् । नेहाले पनि धेरै मायाको साथमा रियक्ट गरेकी छिन् । नेहाले यो भिडियो आफ्नो इन्स्टाग्रामको स्टोरीमा पनि सेयर गरेकी छिन् ।

रोहनप्रीतले सेयर गरेका यस भिडियोले यी जोडी हनीमुन मनाउन जादैछन् भन्ने पत्ता लागेको छ । यो भन्दा पहिला नै नेहाले एक रुमको भिडियो सेयर गरेकी थिइन्, त्यो कुनै होटलको रुम थियो । जहाँ दुवैजना सँगै बस्दैछन् । उनले यस भिडियोलाई होटलको पेजमा पनि ट्याग गरेकी थिइन्, जुन होटल दुबईमा छ ।

यसबाट पनि उनीहरु दुबईमा रोमान्स गरिरहेको अड्कल गर्न सकिन्छ । रोहनप्रीत र नेहाले २४ अक्टोबरमा विवाह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्