Logo

राजकुमार फुमिहितो जापानको राजगद्दीका उत्तराधिकारी घोषित



एजेन्सी, २३ कात्तिक । जापानको सम्राट नारुहितोपछि उनका भाई राजकुमार फुमिहितो उत्तराधिकारी घोषित भएका छन् । टोकियोमा आयोजित विशेष समारोहमा फुमिहितोलाई उत्तराधिकारी घोषित गरिएको हो ।

फुमिहितो सम्राट नारुहितोभन्दा छ वर्षले कान्छा छन् । उनीहरुका बाबु अकिहितोले गत वर्ष गद्दी त्यागेपछि उत्तराधिकारी चयन भएको थिएन ।

उत्तराधिकारी घोषणा भएको समारोहमा मात्र ४६ जना अतिथि सहभागी थिए । उनीहरु सबैले भौतिक दूरी कायम गरी मास्क लगाएका थिए ।

जापानको राजगद्दीमा पुरुष मात्र उत्तराधिकारी हुने व्यवस्था छ । त्यहाँ यससम्बन्धी कानुन परिवर्तन गरी साम्राज्ञी समेत रहने व्यवस्था गरिने तयारी भइरहेको छ । तर, यो योजना १६ वर्षयता रोकिएको छ ।

 

Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्