Logo

बाइडेनको जितले विश्वमा कस्तो प्रभाव पर्ला?



काठमाडौं, कार्तिक २४ । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले कार्यभार सम्हालेसँगै विदेशी नीतिमा केही परिवर्तन आउने अनुमान गरिएको छ । यसअघि ट्रम्पको नेतृत्वले विश्वव्यापी अवधारणामाथि नै प्रहार गरिरहेका बेला अमेरिकी नेतृत्वमा नयाँ नेतृत्व आएसँगै विश्वभर बाइडेनमाथि एक खालको आशा देखिएको छ ।

ट्रम्पको अनुदार नीतिबाट आजीत विश्वले केही नयाँ आशा गरेको छ । विश्वव्यापी नेतृत्व गर्ने क्षमता भएका बाइडेनले विदेशी नीतिको विषयमा केही हेरफेर गर्ने देखिन्छ । कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएको अमेरिकामा नयाँ नेतृत्व पाएसँगै पुनर्जागरण आएको छ । साथै उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महŒवपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।

चीनसँगको सम्बन्धको नीति तत्काल परिवर्तन गर्ने अवस्थामा बाइडेन छैनन् । किनकि अमेरिका चीनको पछिल्लो आक्रामक विदेश नीतिले सम्बन्ध तत्काल सुधार गर्ने पक्षमा देखिँदैन । बाइडेन प्रशासन चीनसँगको सम्बन्धको विषयमा विश्वका अन्य देशको अवस्था हेरेर मात्रै एउटा निर्णयमा पुग्नेछ ।

बाइडेन प्रशासनले मानवअधिकार हननका विषय जोडदारका साथ आवाज उठाउन सक्नेछ । अमेरिकाको साझेदारी मुलुकसँग चीनले देखाएको व्यवहारका कारण पनि तत्काल सम्बन्ध सुधार गर्ने पक्षमा देखिँदैन । अमेरिका पुनः पेरिस सम्झौता र अन्य थुप्रै अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा फर्कन सक्नेछ । बाइडेन प्रशासनको नीतिमा अमेरिकी सेना र गुप्तचर संयन्त्रको आधारमा धारणा बन्न सक्नेछ ।

बाइडेनले राष्ट्रपति चुनावमा आफ्नो प्रमुख एजेन्डामध्ये जलवायु परिवर्तनको मुद्दा उठाएका थिए । अमेरिकाको ४४औं राष्ट्रपति बाराक ओबामा हुँदादेखि नै उनको ध्यान विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा रहेको थियो । जलवायु परिवर्तनसम्बन्धी मुद्दाबाट ट्रम्प प्रशासनले बाहिरिने निर्णय गरेसँगै गत बुधबार मात्रै अमेरिका फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट बाहिरिएको थियो ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot