Logo

प्रधानमन्त्रीले शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य उत्साहजनक



काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा परियोजनाको अनुगमन र सहजीकरण गर्दा शिलान्यास गरिएका ती परियोजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ ।

ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका थिए । दोस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले अहिलेसम्म २८ वटा परियोजनाको शिलान्यास गरेका छन्। शिलान्यास गरिएका परियोजना सफल रूपमा अगाडि बढेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

प्रधानमन्त्री भएपछि उनले महाराजगञ्ज शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन सेन्टर एनेक्स भवनको २०७४ फागुन १८ गते पहिलो शिलान्यास गरेका थिए । गत कात्तिक १९ गते सो भवनको उद्घाटन उनले गरिसकेका छन् ।

त्यसैगरी पाँच सय शैया क्षमताको वीर अस्पताल सर्जिकल भवनको निर्माण, नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग, धरहराको निर्माण, संसद् भवनको निर्माण, मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको भवन निर्माण, बालुवाटारस्थित प्रधानमन्त्री निवास भवन लगायतको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको थपलियाले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot