Logo

सुदूरपश्चिममा आईसीयू र भेन्टिलेटरको अभाव



डडेल्धुरा, कार्तिक २४ । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा कोरोना संक्रमतिका लागि आईसीयू र भेन्टिलेटरको अभाव भएको छ ।

सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरको व्यवस्था गर्न तीन करोड बजेट निकासा भए पनि अझै सेवा सुचारु हुन सकेको छैन । अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पताल हाल कोरोना सङ्क्रमित बिरामीहरुले भरिभराउ भएको छ । प्रदेशमा गम्भीर प्रकृतिका सङ्क्रमितको उपचार हुने एक मात्र अस्पतालमा बेड खाली छैन । गम्भीर प्रकृतिका बिरामी थपिएको अवस्थामा उनीहरूलाई कहाँ राखेर उपचार गर्ने भन्ने अन्योल कायमै छ ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० बेडको अस्थायी अस्पतालमा ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार ५० बेड उपलब्ध रहेकोमा ३२ जनाको जनरल वार्डमा र १६ जना गम्भीर किसिमका कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अस्पतालमा भर्ना भएकामध्ये सबैभन्दा धेरै कैलालीका ३७ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् भने कञ्चनपुरका ४, डडेल्धुरा र अछामका २÷२, दार्चुला, बझाङ र बैतडीका १÷१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालमा भर्ना भएका १६ जना कोरोना संक्रमितलाई आईसीयूमा राखेपछि थप गम्भीर बिरामी फेला परे उपचारमा समस्या हुने देखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot