Logo

अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ आज रिलिज हुँदै



एजेन्सी, २४ कात्तिक । बलिउड कलाकार अक्षय कुमार एक वर्षमा सबैभन्दा धेरै फिल्ममा काम गर्ने मध्ये एक हुन् । औसतमा उनले वर्षमा चार फिल्ममा काम गर्छन् । तीन चार महिनामा उनका नयाँ फिल्म दर्शकले हेर्न पाउँछन् । तर, कोरोना भाइरसको कारण धेरै लामो समयको पर्खाइपछि बल्ल फर्केका लागेका छन् ।

यो भन्दा पहिला अक्षय कुमारको फिल्म गुड न्युज आएको थियो । नयाँ वर्षको मौका छोपेर रिलिज गरिएको यस फिल्ममा कियारा आडवाणी, दिलजीत दोसान्ध र करीना कपुरको मुख्य भुमिका थियो । ९ महिना पछि अक्षयको फिल्म लक्ष्मी रिलिज हुँदैछ । खास कुरा त यस फिल्ममा अक्षयको अपोजिट भुमिकामा कियारा आडवाणी देखिदै छिन् । यो फिल्म फ्यानहरुको लागि तिहारमा धमाकेदार हुनेछ ।

ओटीटी प्लेटफर्ममा रिलिज हुने यस फिल्म डिज्नी प्लस आटस्टारमा रिलिज हुनेछ । यो फिल्मको नाम विवादपछि परिर्वतन गरिएको थियो । साउथ फिल्म कंचना को रीमेक यो फिल्मलाई निर्देशन राधवन लारेन्सले गरेका छन् । यो उनको डेब्यु फिल्म हो । फिल्मको निर्माण शबीना खान र तुषार कपुरले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot