काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले पार्टीभित्रको विवाद समाधान हुने विश्वास दिलाएका छन् । उनले भने,‘यो विवाद कुनैपनि हालतमा समाधान हुन्छ ।’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वरिष्ठ नेता माधव कुमार नेपाल पार्टीमा कसैको पनि क्याम्पमा नजाने स्पष्ट पारेका छन् । उनले भने,‘एजेण्डा र प्याकेजमा, व्यक्तिगत कुरामा होईन, पार्टीमा समाधान खोज्न उजेण्डावाईज जानुपर्छ ।’