Logo

बन्दुक हातमा बोकेपछि…



तनहुँ, २५ कात्तिक । भरुवा बन्दुक सहित एक बृद्ध पक्राउ परेका छन् । भिमाद नगरपालिका–२ बन्दीछाप सिमलबोटका बस्ने ६० वर्षीय टुक बहादुर थापालाई १ थान भरुवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले थापालाई भरुवा बन्दुक हातमा बोकी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्