Logo

अफिम सहित पक्राउ



काठमाडौं, २५ कात्तिक । अवैध लागुऔषध अफिम सहित २ जना सोमबार साँझ पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–४ स्थित सडकबाट १ किलो ८ सय ग्राम अवैध लागूऔषध अफिम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेका हो ।

पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका–७ भवराटोल बस्ने २३ वर्षीय सोम बहादुर लामा र सर्लाही बागमती नगरपालिका–१२ बागमती बस्ने ३० वर्षीय दिल बहादुर थिङ रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले ना.१६ प ७८२५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त अफिम सहित फेला पारी मोटरसाइकल चालक लामा र मोटरसाइकलमा सवार थिङलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी दमक बस्ने २८ वर्षीय अंकित कार्की र सोही नगरपालिका–७ बस्ने २८ वर्षीय अमन लिङफेप लिम्बुलाई नियन्त्रित लागूऔषध सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
कार्कीको कोठामा लागूऔषध लुकाई राखेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा ८३ एम्पुल लुपिजेसिक, ८३ एम्पुल डाईजेपाम र ८३ एम्पुल फेनरागन फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्