Logo

अमिताभ बच्चनले कोइला डिपार्टमेन्टमा काम गरेको खुलासा



एजेन्सी, २५ कात्तिक । ‘कौन बनेगा करोडपति’ एक क्विज शो हो तर सवाल र जवाफसहित केही रोचक किस्सा पनि दर्शकहरुलाई सुन्ने अवसर मिल्छ । यसै कार्यक्रममार्फत शो का होस्ट अमिताभ बच्चनले आफ्नो जीवनका केही रोचक कुरा बताएका छन् । आफ्नो अगाडि हटसिटमा बसेका रविकान्त साहु नामका एक सहभागीसँग कुरा गर्दै बच्चनले कोइला डिपार्टमेन्टमा कुनै समय आफुले पनि काम गरेको बताएका हुन् । आजसम्म गोप्य राखेका अमिताभले यो अनुभव दर्शक समक्ष पहिलो पटक सेयर गरेका थिए ।

बच्चनले बलिउडमा प्रवेश गर्नु अगाडि कोइला खानीमा काम गरेको बताए । उनले ६० को दशकमा बंगालको एक कम्पनीमा काम गरेको अनुभव सुनाएका थिए । आफुले कोइला खानीमा काम गर्दा डिपार्टमेन्टमा काम गर्नेले आफुलाई हातमा टोकरीमा सामान ल्याएर दिने गरेको अनुभन सुनाउँदै उनले त्यसरी काम गर्नेहरुलाई आफुले धेरै इज्यत गर्ने पनि बताए । बच्चनले खानी निकै तल भएकोले लिफ्ट प्रयोग गरेको पनि जानकारी दिए । बच्चनले रविकान्तलाई पनि कोइला खानीको अनुभवबारे सोधेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot