एजेन्सी, २५ कात्तिक । लागुऔषध प्रकरणमा एनसीबीले सोमबार बलिउड अभिनेता अर्जुन रामपालको घर छापा मारेको थियो । अर्जुनको घर तलाशी गरेपछि एनसीबीले उनकी प्रेमिका गैब्रिएला डिमिट्रियाडेसलाई सोधपुछको लागि बोलाएको छ । एनसीबीका एक अधिकारीको अनुसार अर्जुनलाई पनि बोलाएको छ ।
पक्राउ परेका एक व्यक्तिको भनाई अनुसार एनसीबीको टिमले बिहानै मुम्बईका केही शहरमा छापा मारेको थियो । यसै क्रममा अर्जुन रामपालको घरमा पनि एनसीबीको टिमले बिहान ७ बजे पुगेर दिउँसो ३ बजेसम्म छापा मारी तलासी गरेको थियो ।
एनआईको अनुसार, एनसीबीका अधिकारीले अर्जुनको इलेक्ट्रोनिक गेट आफ्नो कब्जामा लिएर सोधपुछको लागि उपस्थित हुन बोलाएको हो । अर्जुनकी प्रेमिका तथा लिव इन पार्टनर गैब्रिएलालाई पनि लागुऔषध केसमा ११ नोभेम्बरमा एनसीबीमा उपस्थित हुन बोलाएको छ । एक रिपोर्टका अनुसार अर्जुनको मोबाइल, ल्यापटप र ट्याबलेटसहित ११ प्रकारका डिभाइस र केही कागजात पनि एनसीबीले कब्जामा लिएको छ ।
अर्जुनकी प्रेमिकाको भाई पनि लागुऔषध केसमा फसिसकेका छन् । उनलाई ८ नोभेम्बरमा हिरासतमा लिइएको थियो । त्यो भन्दा पहिले पनि उनलाई एनसीबीले पक्राउ गरेको थियो । एजिसिलाहोस दक्षिण भारतका नागरिक हुन् । पछि उनी धरौटीमा रिहा भएका थिए ।
यस बिषयमा महाराष्ट्र सरकारका मन्त्री अनिल परबको एक महत्वपुर्ण अभिव्यक्ति बाहिर आएको छ । परबले एक कार्यक्रमको क्रममा बोल्दै पुरै बलिउड लागुऔषधमा लिप्त भएको कुरा गलत भएको बताएका छन् । उनले भने, ‘जो लागेका छन् उनीहरु विरुद्ध एक्सन लिनु पर्छ । सबैलाई होइन् । ’
एनसीबीले पछिल्लो समयमा बलिउडका केहि कलाकार, निर्माता र निर्देशकहरुसँग पनि लागुऔषधको बारेमा सोधपुछ गर्दै आएको छ । बलिउडमा सुशान्त सिंह राजपुतको निधनपछि गरिएको अनुसन्धानको क्रममा ह्वाट्सअपमा भएको च्याटको माध्यमबाट लागुऔषध जोडिएपछि एनसीबीले प्रवेश गरेको थियो ।