Logo

गोकुल बाँस्कोटाको परिवारले कोरोना जित्यो



काठमाडौं, २५ कार्तिक । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको परिवारले कोरोना जितेको छ । नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो परिवारले करिब चार सातापछि कोरोना जितेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्,‘करिब चार सातापछि मेरो परिवारले कोरना जित्यो।स्वास्थ्यलाभको कामना गर्नुहुने सबैशुभेच्छुक मित्रहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति हार्दिक आभार प्रकट गर्दछु।”

 



प्रतिक्रिया दिनुहोस्