Logo

अचानक धन चाहिएमा गर्नुस यी उपाय



परिश्रम भन्दा ठुलो कुनै धन हुँदैन । तर, सांसरिक सुख हासिल गर्नलाई धन चाहिन्छ । यदि धेरै परिश्रम गर्दा पनि धन प्राप्त गर्न नसकेमा आफ्ना जीवनमा भएका बाधा अड्चन हटाउनु पर्छ । आज हामी ६ उपायको बारेमा जानकारी दिन जाँदैछौ जसले अचानक रुपमा धन आर्जनमा बृद्धि हुनेछ ।

अचानक धन कमाउन चाहाना भएमा सेतो रंगको ध्वजा पीपलको रुखमा चढाउनु पर्छ । कुवाँमा बत्ती बाल्नाले शत्रुको नास भई अचानक धन प्राप्त हुन्छ । बत्ती रातीको समयमा वा बिहानको समयमा बाल्नु पर्छ । बत्ती बालेर छाडेपछि पछाडि फर्केर हेर्नुहुँदैन ।

पीपलको वृक्षको छायाँमा उभिएर जल चढाउँनुपर्छ । जल चढाउँनलाई फलामको भाँडोको प्रयोग गर्नुपर्छ । जलमा घ्यु, चीनी र दुध मिसाउनु पर्छ । यसको प्रयोगले मानिसको जीवनमा चमत्कारिक रुपबाट अनुकुलता उत्पन्न हुन्छ ।

शुक्रबारको दिन कमलको फुल ल्याएर दराजमा रातो कपडामा बेरेर राख्नु पर्छ । यसो गर्दा व्यक्तिको आफ्नो आवश्यकता अनुसार धन सरलतापुर्वक जुट्न थाल्छ ।

नागकेसरको विरुवा घरमा कुनै पनि शुभ समयमा ल्याउने र त्यसको नियमित हेरचाह गर्नुपर्छ । जसरी विरुवा बढ्दै जान्छ, त्यसरी नै व्यक्तिको आर्थिक स्थिति पनि बढ्दै जान्छ ।

गुलरका दई फल आफ्नो घरमा राख्नुपर्छ । सामान्यतया गुलरको फल स्ट्रबेरीसँग मिल्दो जुल्दो हुन्छ । जुन विस्तारै बढ्दै जान्छ । जुन व्यक्तिसँग यो फल हुन्छ, उनीमाथि भगवान दत्तात्रेयको कृपा हुनेछ र धनको आगमन प्रचुर मात्रामा हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्