Logo

कोरोना महामारीयताको ब्यालेट परीक्षामा मोदीलाई सफलता



एजेन्सी, २६ कात्तिक । भारतमा कोरोना भाइरसको महामारीपछि राज्यहरुमा भएको चुनावमा भारतीय जनता पार्टीले सफलता हासिल गरेको छ । विहार विधानसभामा भाजपाले दोस्रो स्थान हासिल गरेको छ । उसले ७४ सिटमा जित हासिल गरी तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलभन्दा मात्र एक सिट कम जितेको छ ।

उत्तर प्रदेश, मध्य प्रदेश र गुजरातमा भएको उपचुनावमा पनि भाजपा सफल देखिएको छ । उत्तर प्रदेशमा उसले उपचुनाव भएकामध्येमा एक सिटबाहेक सबै सिटमा जित हासिल गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा पनि ठूलो सफलता हासिल गरेको छ । मध्य प्रदेशमा पनि भाजपा सफल भएको छ ।

कोरोना भाइरसको महामारी शुरु भएपछि मोदीको पहिलोपटक ब्यालेटबाट परीक्षा भएको छ । उनको दल भाजपाले चुनावहरुमा हासिल गरेको सफलतालाई उनको लोकप्रीयता र प्रभाव अझै बलियो रहेको प्रमाणित भएको छ ।

कोरोना भाइरसको महामारीका क्रममा भारतीय जनतामा सरकारप्रति व्यापक असन्तुष्टि बढेको विषय उठ्दै आएको थियो । तर, मोदीको दल भाजपालाई प्राप्त मतबाट यो गलत सावित भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot