Logo

घेराबन्दी बढ्दै जाँदा ओली चीनतर्फको नाकातिर



काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सत्तामाथि खड्को आइरहँदा उनी भने चीनतर्फको नाकामा जाँदैछन् । ओली आज किमाथांका नाकामा जानलागेका हुन् ।

हेलिकोप्टरबाट संखुवासभाबाट किमाथांका नाकामा जाने तय भएको हो । चीनसँगको उक्त नाका रणनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्र बिहिबार प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । उनले हिजो बालुवाटार पुगी ओलीलाई समेत बैठकमा आउन भनेका छन् । तर, ओली भने आज चीनतर्फको नाकामा पुग्दैछन् । पार्टीभित्र ओलीविरुद्ध घेराबन्दी बढ्दै गएको छ । कुनैपनि बेला ओलीइतर समूहले कठोर कदम चालेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्