Logo

धमाधम जुवाडे पक्राउ



काठमाडौं, २६ कात्तिक । तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् ।  लमजुङको मध्यनेपाल नगरपालिका–१ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजारका राम बहादुर गुरुङ लगायत १३ जनालाई नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँ, ३ गड्डी तास र ३ सय १५ पत्ती खुल्ला तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त फर्ममा तास खेलिरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुमाथि जुवा सम्बन्धि कसुर अन्तरगत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

त्यस्तै, धनुषाको जनकपुरका बेचु ठाकुरको घरमा तास खेलिरहको अवस्थामा सोही उपमहानगरपालिकाका शुसिल साह लगायत २ जनालाई नगद १ लाख ४५ हजार ४ सय ३० रुपैयाँ र १० बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै हाल फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको बताएको छ ।

यसैगरी, कावासोती नगरपालिका–१५ का मिनराज महत्तोको घरमा तास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका–११ बस्ने ३६ वर्षीय लिला बहादुर राना लगायत ८ जनालाई नगद १ लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजार रुपैयाँ लेखिएको १ थान चेक, १ सय ३० भारतीय रुपैयाँ र ३ बुक तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot