Logo

७ वर्षीया बालिका बलात्कृत



काठमाडौं, २६ कात्तिक । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–८ रामनगर चिप्लेगौंडाका धादिङ धुनवेशी नगरपालिका–९ घर भएका ५२ वर्षीय चक्रे तामाङ पक्राउ परेका हुन् ।

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot