Logo

छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित पक्राउ



काठमाडौं, २६ कात्तिक । छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध सहित ११ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–२ फुलबारी टोलबाट ५ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मोहन कुमार ओली, २४ वर्षीय दयालाल राजबंशी, ३१ वर्षीय संजय कुमार राजबंशी र २० वर्षीय अरुण कुमार राजबंशी रहेका छन् । मोहन कुमार ओलीको घरमा लागूऔषध खरिद बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

यसैगरी, बिराटनगर महानगरपालिका–४ नोबेल नहरबाट करिब ५ केजी ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा सागुरीगढी गाउँपालिका–९ बस्ने ४० वर्षीया सिता राई र २० वर्षीया बबिता राई रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot