Logo

विप्लव समुहको सेक्रेटरी भन्दै ३ करोड चन्दा माग्ने समुह पक्राउ



काठमाडौं, २६ कात्तिक । फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा ४ जना काठमाडौंका विभिन्न स्थानबाट सोमबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा नुबाकोट ककनी गाउँपालिका–२ ठेगाना भएका ३३ वर्षीय बिन्तोष सिलवाल(सुनार), रामेछाप सुनापती गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय रामदल श्रेष्ठ(अटल), काभ्रे तिमाल गाउँपालिका–५ ठेगाना भएका ५२ वर्षीय तिर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका–१३ ठेगाना भएका ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन् ।

काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भनि ३ करोड चन्दा माग गरेको तथा माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिँदै व्यवसायीहरुको कार्यरत र वसोबास गर्ने स्थानमा निगरानी गरी जबरजस्ती रकम माग गरेका यो समुहलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनीहरुमाथि आपराधिक लाभ लिन नहुने कसुर मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्