Logo

अक्षयसँग काम नगर्ने कारण बारे यसो भन्छन् साहरुख खान



एजेन्सी, २६ कात्तिक । बलिउडमा केही अभिनेता यस्ता छन् जसलाई ठुलो पर्दामा एकैसाथ हेर्न मानिसहरु आतुर हुन्छन् । ती अभिनेताहरु एकैपटक एकै फिल्ममा काम गर्दा त्यो फिल्म सुपरहिट हुने गर्छ । सलमान खान, सैफ अलि खान र अक्षय कुमार एक समयका सफल जोडी थिए । धेरै वर्ष पहिला बनेको फिल्म करण–अर्जुनमा उनीहरुको त्यो जोडी दर्शकले फेरी हेर्न चाहान्छन् । तर केही कलाकारहरु आ–आफ्नै सफलतामा व्यस्त छन् । राम्रो साथी हुँदा हुँदै पनि कहिल्यै सँगैकाम गरेका छैनन् । जस्तो अक्षय कुमार र साहरुख खान ।

साहरुख खान र अक्षय कुमार बलिउडका दिग्गज कलाकार हुन्, तर कहिल्यै पनि यी दुवैजना एकैठाउँमा काम गरेका छैनन् । सँगै काम नगरेको प्रसंगमा शाहरुख खानले एक अन्र्तवार्ताको क्रममा अरु स्ुत्दा अक्षय कुमार उठ्ने र अरु उठ्दा उनी सुत्ने मानिस भएको प्रतिक्रिया दिएका छन् । साहरुख खानले भने, ‘अक्षय रातमा जाग्ने मानिस हुन् । तर, कोही मानिसको रातमा काम गर्ने आदत हुँदैन । ’

उनले अगाडी भनेका छन्, ‘अक्षय कुमारले कुनै पनि फिल्मको सेटमा एक अर्कासँग भेट्दैनन् ।’ किनकी अक्षय फर्कदै गर्दा साहरुख खान सेटमा पुगेका हुन्छन् । साहरुख खानले अक्षय कुमारसँग काम गर्न चाहेपनि समय नमिलेको कारणसँगै काम गर्न नपाएको बताएका छन् ।

साहरुख खान र अक्षय कुमारले एकैसाथ अभिनय गरेको फिल्म ‘ओम शान्ती ओम’ हो । बक्स अफिसमा निकै सफल भएको थियो । श्रोत–एजेन्सी



प्रतिक्रिया दिनुहोस्