Logo

प्रहरी हवल्दार ४ लाख घुससहित पक्राउ



काठमाडौं, २६ कात्तिक । बुटवलका प्रहरी हबल्दार शिवचन्द्र साहानीमाथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार साहानीले  सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा अख्तियारले ४ लाखसहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सेवाग्राहीको जातीय विभेद सम्बन्धी मुद्दामा सहजिकरण गरिदीए बापत ४ लाख घुस रकम माग गरी लिएको पुष्टि भएको थियो ।

साहानीमाथि कानुन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot