Logo

चित्रबहादुर केसीलाई कोरोना संक्रमण



काठमाडौं, २६ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ । केही दिनयता निमोनिया भएपछि पीसीआर टेष्ट गर्दा उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाले जानकारी दिएको छ । उनी ८० कटेका पाका कम्युनिस्ट नेता हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी खरो भाषणका कारण चर्चा आइरहन्छन् ।



प्रतिक्रिया दिनुहोस्