काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार नागरिक उड्डयन प्राधिकरण क्यानको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको हो ।
सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले लेखेका छन्,’नागरिक उड्डयन प्राधिकरण (CAAN) काे मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड (Helipad) निर्माण कार्य सम्पन्न भएकाे छ । प्रधानमन्त्रीज्यू नेपाली सेनाकाे हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजाे २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलाे उडान गरिएकाे थियाे । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएकाे थियाे । यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।”
Photo Source: Prime Minister’s Press Advisor