Logo

ओली-प्रचण्ड नमिले सबैभन्दा बढि घाटा उहाँहरुलाई नै हुन्छ : हरिबोल गजुरेल (भिडिओसहित)



काठमाडौं, २७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल नमिले उनीहरुलाई सबैभन्दा बढि घाटा हुने टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले यस्तो बताएका हुन् । उनले भने, उहाँहरु नमिले सबैभन्दा बढि घाटा उहाँहरुलाई नै हुन्छ । उहाँहरु दुवै जना अहिले अध्यक्ष हुनुहुन्छ । एउटा अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । अर्को कार्यकारी अध्यक्ष हुनुहुन्छ । भोलि महाधिवेशन होला, अर्को अध्यक्ष अध्यक्षको दाबेदार होलान् । पार्टी एकतालाई सकारात्मक दिशा र निश्कर्षमा पुर्याउनको लागि उहाँहरु मिलेर जानुको विकल्प छैन् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot