Logo

बियरको बोतलले कुटपिट गरी बृद्धको हत्या



काठमाडौं, २७ कात्तिक । कुटपिट गरी बृद्धको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पोखरा बेगनास ताल बस्ने ६१ वर्षीय शुर सिंह लामाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जुठ्ठे लामाले कात्तिक १५ गते बियरको बोतलले कुटपिट गर्दा गम्भीर घाइते भएका शुरसिंहको बुधबार साँझ मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले कुटपिट गर्ने जुठ्ठे लामालाई पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्